संक्षिप्त परिचय
नेपालको पश्चिमाञ्चलमा पर्ने यो जिल्ला पूर्वमा पाल्पा, दक्षिणमा रुपन्देही र कपिलवस्तु, उत्तरमा गुल्मी, पश्चिममा प्यूठान र दाङ्ग जिल्लाहरुद्धारा परिेवेष्टित छ । विश्व मानचित्रमा यस जिल्लाको कुल क्षेत्रफलः ११९३ वर्ग किलोमिटर अक्षांश २७ डि. ४५ मि. देखि २८ डि. ६ मि. उत्तर, देशान्तर ८० डि. ४५ मि. देखि ८३ डि. २३ मि. पूर्व बीच यो जिल्ला अवस्थित छ । यस जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटरदेखि २५१५ मिटर रहेको छ भने औषत वर्षा २२०० मिलिमिटर (औषत वार्षिक) छ । यस जिल्लाको तापक्रम न्यूनतम् ६.५० देखि अधिकतम् ४०० सेन्टिग्रेड सम्म हुने गर्दछ ।
दक्षिणतर्फ चुरे र उत्तर तर्फ मध्यपहाडी क्षेत्रहरु मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले सरकारी वन ३४ प्रतिशत, सामुदायिक वन २२ प्रतिशत, कृषियोग्य जमीन ३९ प्रतिशत, नदी नाला ५ प्रतिशत रहेको छ ।
राष्ट्रिय जनगणना २०११ बमोजिम जिल्लाको कुल जनसंख्याः १९७६३२ रहेको छ भने जसमा पुरुष जनसंख्याः ८६२६६ र महिला जनसंख्याः १११३६६ रहेको छ । जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् । प्रशासनिक दृष्टिले यो जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका, गरी जम्मा ६ वटा पालिकाहरु रहेका छन् । जसमध्ये शितगङ्गा नगरपालिका भुगाेलकाे हिसाबले देशकै सबैभन्दा ठुलाे नगरपालिकाकाे रुपमा रहेकाे छ ।
थप पढ्नुहोस्