नागरिक वडापत्र

सेवाको प्रकार

  • योजना तर्जुमा

    • प्रक्रिया
      • १. गाउँ परिषदबाट पारित भएको हुनुपर्ने,
      • २. ईलाका गोष्ठीमा प्राथमिकता तोक्ने,
      • ३. विषयगत योजना तर्जुमा समि तिमा छलफल गर्ने,
      • ४. एकिकृत योजना तर्जुमा समिति मा छलफल गर्ने,
      • ५. जि.वि.स.बाट पारित गर्ने,
      • ६. जिल्ला परिषदबाट स्वीकृत गर्ने,
      • ७. गा.वि.स. तथा उपभोक्ताको अनुरोधमा जि.वि.स. वैठक र जिल्ला परिषदद्धारा योजना स्वीकृत ।
    • लाग्ने शुल्क: शुल्क नलाग्ने
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व
      • १. सम्बन्धित क्षेत्रको योजना पहिचान गर्ने,
      • २. वस्ती, वडा स्तरमा छलफल गर्ने,
      • ३. मागपत्र पेश गर्ने, जनसहभागिता को प्रतिवद्धता जाहेर गर्ने ।
      • ४. दलित, जनजाति र पिछडिएको वर्गलाई फाईदा हुने स्थानीय स्रोत साधन तथा श्रमको उपयोगमा ध्यान दिने,
      • ५. बहुसंख्यक जनतालाई फाइदा पुग्ने योजना भएमा गा.वि.स.समक्षमा पेश गर्ने
      • ६. गाविसको योजनाबाट संवोधन हुन नसक्ने योजनाको हकमा इलाकास्तरको प्राथमिकता क्रममा पारी जिविसमा ल्याउने
    • लाग्ने समय: मंसिर देखि फाल्गुण सम्म (४ महिना)
    • जिम्मेवार व्यक्ति वा फाँट: सम्बन्धित निकायका पदाधिकारीहरु, विषयगत कार्यालय हरु, गै.स.स.का प्रमुखहरु
  • योजना कार्यान्वयन

    • प्रक्रिया
      • १.योजना स्वीकृत भएको हुनु पर्ने ।
      • २.उपभोक्ता समिति गठन भएको हुनु पर्ने । (गा.वि.स. स्तरीय योजना भए गा.वि.स.को सिफारिस र जिल्ला स्तरीय योजना भए जि.वि.स.बाट निर्णय भएको हुनु पर्ने)
      • ३.लागत अनुमान भएको हुनु पर्ने ।
      • ४. संझौता गर्ने ।
      • ५. कार्य प्रगतिको आधारमा निकासा दिने ।
    • लाग्ने शुल्क: शुल्क नलाग्ने ।
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व:
      • १. स्थानीय निकायको रोहवरमा प्रत्यक्ष रुपमा लाभान्वित हुने उपभोक्ताहरुको भेलाबाट उपभोक्ता समिति गठन हुनु पर्ने ।
      • २. उ.स.मा ३३∞ महिला सदस्य हुनु पर्ने ।
      • ३.जनसहभागिताको प्रतिवद्धता हुनु पर्ने ।
      • ४. सम्बन्धित गाविसको सिफारिस संलग्न हुनु पर्ने ।
    • लाग्ने समय: ल.ईं.भएकोमा २ दिन र नभएकोमा १५ दिन
    • जिम्मेवार व्यक्ति वा फाँट: स्था.वि.अ., प्राविधिक, योजना र लेखा शाखा
  • योजना अनुगमन मूल्यांकन र भुक्तानी

    • प्रक्रिया
      • १. स्थलगत निरिक्षण, , गुनासो सुनुवाई
      • २. कार्यसम्पन्न भएको प्राविधिक प्रतिवेदन, नापी किताव, संझौता पत्र, पेश भएका विल भरपाई र अनुगमन प्रतिवेदनका आधारमा पेश्कि फछ्यौट/भुक्तानी
    • लाग्ने शुल्क: शुल्क नलाग्ने ।
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व:
      • १. प्राविधिकले गरेको ल.ई. वमोजिम काम गर्नु पर्ने ।
      • २. संझौतामा उल्लेखित शर्तको पालना हुनु पर्ने ।
      • ३. योजनामा खर्चभएको रकमको विल भपाई पेश गर्ने ।
      • ४. फछ्यौटका लागि उपभोक्ता समितिको निर्णय हुनु पर्ने ।
      • ५. गा.वि.स.को सिफारिस हुनु पर्ने ।
      • ६. जनलेखा भएको हुनु पर्ने ।
      • ७.सामाजिका परिक्षण र सार्वजनिक परिक्षण भएको हुनुपर्ने ।
    • लाग्ने समय: प्रक्रिया पुरा भएमा सोही दिन
    • जिम्मेवार व्यक्ति वा फाँट: जि.वि.स. सभापति, स्था.वि.अ., प्राविधिक, योजना, लेखा र जिन्सी शाखा
  • वि.स.को बजेट निकासा

    • प्रक्रिया: नियमानुसार निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सिफारिश गर्ने
    • लाग्ने शुल्क:शुल्क नलाग्ने ।
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: देहायका विवरणहरु संलग्न गरि गाविसले किस्ता माग गरेको अनुरोध पत्र पेश गर्ने
      • १. पहिलो किस्ताको लागि
        • – गाउँ परिषदका निर्णय प्रतिलिपि ।
        • – अनुसूचि–१ फारम
        • – अनुसूचि–३ अनुसारको वार्षिक योजनाको प्रगति विवरण ।
        • – गत विगतको पेश्कि विवरण ।
        • – दुई वर्ष अघिको अन्तिम लेखापरिक्षण प्रतिवेदन प्रतिलिपि ।
        • – योजनाको एवम् विवरण
      • २. दोश्रो किस्ताको लागि
        • – गतविगतको पेश्कि मध्येको फछ्यौटको विवरण ।
        • – प्रथम किस्ताबाट गरिएका कार्यप्रगति विवरणहरु ।
        • – सम्बन्धित योजनामा गाउँ परिषदले गरेको समिक्षा प्रतिवेदन
      • ३. तेस्रो किस्ताको लागि
        • – प्रथम चौमासिक रकमबाट संचालित योजनाको प्राविधिक मूल्याङ्कन ।
        • – दोश्रो चौमासिक रकमबाट संचालित योजनाको विवरण ।
        • – गतविगत वर्षको पेश्कि मध्ये ७५∞ फछ्यौट गरेको विवरण ।
        • – एक वर्ष अघिको लेखापरिक्षण प्रतिवेदन
    • लाग्ने समय: प्रक्रिया पुरा भएमा सोही दिन ।
    • जिम्मेवार व्यक्ति वा फाँट: कार्यालय प्रमुख, प्राविधिक, योजना र लेखाशाखा
  • सामाजिक सुरक्षाको रकम निकासा दिने ।

    • प्रक्रिया:
      कोटा प्रणाली वाट सेवा प्राप्त गर्ने प्रकृतिको भए सामाजिक सुरक्षा जिल्ला समन्वय समितबाट त्यस्ता कोटा गाविसलाई वितरण गरेको निर्णयको आधारमा र अन्य पेश भएको तथ्याङ्कको आधारमा चौमासिक रुपमा गाविसको खातामा रकम निकासा पठाउने
    • लाग्ने शुल्क: शुल्क नलाग्ने ।
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: देहायका विवरणहरु संलग्न गरि गाविसले किस्ता माग गरेको अनुरोध पत्र पेश गर्ने
      • १. स्थानीय सर्वदलिय सिफारिस समितिको निर्णय ।
      • २. परिचय पत्र वितरण भएका व्यक्तिहरुको परिचय पत्र नम्बर, जन्म मिति, रकम पाउने मिति, नाम ठेगाना खुलेको विवरण
      • ३. अघिल्लो किस्ता रकम वितरण गरेको विल भपाई सर्वदलिय समितिबाट अनुमोदन गरि पेशगर्ने ।
    • लाग्ने समय: दुई दिन
    • जिम्मेवार व्यक्ति वा फाँट: कार्यालय प्रमुख, सा.सु.शाखा, लेखाशाखा
  • ‘घ’ वर्गको ठेक्का इजाजत पत्र प्रदान र नविकरण

    • प्रक्रिया:
      • १. इजाजत पत्र प्रदान: छानविन उपसमितिमा पठाउने , छानविन उपसमितिबाट सिफारिस सहित जि.वि.स.मा पेश भए पछि जि.वि.स.बाट इजाजत पत्र प्रदान गर्ने ।
      • २. इजाजत पत्र नविकरण
        • – निवेदन दर्ता
        • – दस्तुर जम्मा
        • – नविकरण
    • लाग्ने शुल्क: म्याद भित्रको लागि २५०० र म्याद नाघेको लागि ३५००।—
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व
      • – अनुसूची बमोजिमको दरखास्त
      • – नागरिकता प्रमाण पत्रको फोटोकपि
      • – घरेलु उद्योग दर्ता प्रमाण पत्र ( १ लाख रुपैयाको चालु पू“जी देखाई )
      • – मेकानिकल ईन्जिनियरको सिफारिस ।
      • – मुख्य जनशक्ति विवरण (सिभिल ईन्जिनियरिङ्ग विषयमा प्रमाण पत्र तह एक जना प्राविधिक, प्रमाण पत्र तह उत्तिर्ण एक जना प्रशासनिक, बाणिज्य शास्त्रमा प्रमाण पत्र तह उत्तिर्ण एक जना) ।
      • – मेसिन र उपकरण
      • – उपकरणको स्वामित्वको प्रमाण पत्रको साथै विमा गरेको कागजातहरु पेश गर्ने ।
      • – अनुसूची बमोजिमको दरखास्त
      • – निर्माण व्यावसायी संघ वा क्ष्ँेत्रीय निर्माण व्यावसायी संघको सिफारिस
      • – सम्बन्धित कर कार्यँलयबाट आय कर प्रमाण पत्र नविकरण गराएको वा स्थायी लेखा नम्बर (PAN) लिएको हुनु पर्ने ।
      • – काम गरेको कार्य विवरण अभिलेख पेश गर्नु पर्ने ।
      • – कार्य अभिलेख विवरणमा काम गरेको कुल अंकको ०.१० प्रतिशत रकम राष्ट्र बैंक थापाथली निर्माण व्यावसायी कोषमा रकम दाखिला गरेको हुनु पर्ने ।
      • – नविकरणको लागि पत्येक आ.व.को चैत्र मसान्त भित्र सम्पर्क गर्नु पर्ने ।
    • लाग्ने समय: नयाँ पत्र प्राप्त गर्न ४५ दिन नविकरणको लागि पेश भएको दिन
    • जिम्मेवार व्यक्ति वा फाँट नयाँको लागि: स्था.वि.अ., प्रशासन शाखा, छानविन उपसमिति, लेखा, दर्ता नविकरणको लागि: स्था.वि.अ., प्रशासन शाखा, लेखा, दर्ता
  • संस्था दर्ता र नविकरण, को लागि सिफारिस

    • प्रक्रिया: सिफारिस पत्र सम्बन्धित निकायमा पठाउने ।
    • लाग्ने शुल्क: स्थानीय क्लव र उपभोक्ता समित रु.५००।–, गैससहरु रु.७००।
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व:
      • – माग भएको निवेदन ।
      • – संस्थाको विधान
      • – संस्थाका पदाधिकारीहरुका नागरिकताका प्रतिलिपिहरु पेश गर्नु पर्ने
      • – नविकरणको लागि लेखापरीक्षण प्रतिवेदन
    • लाग्ने समय: पेश भएको वखत
    • जिम्मेवार व्यक्ति वा फाँट:जिम्मेवार व्यक्ति वा फाँट: स्था.वि.अ., सामाजिक सुरक्षा शाखा, लेखा, दर्ता स्था.वि.अ.
  • विविध सिफारिस प्रमाणित

    • प्रक्रिया:निवेदन पत्र दर्ता गर्ने, सिफारिस पत्र दिने ।
    • लाग्ने शुल्क: रु ५०।— योजना मागको शिफारिस रु.२५०।–
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: विषय खोलि निवेदन दिने ।
    • लाग्ने समय:तुरुन्तै
    • जिम्मेवार व्यक्ति वा फाँट: सभापति, उपसभापति, अधिकृत कर्मचारी, संस्थात्मक शाखा, प्रशासन शाखा, लेखाशाखा र दर्ताफाँट सभापति तथा स्था.वि.अ.
  • कोष प्रमाणित

    • प्रक्रिया: रसिद काट्ने कोष प्रमाणित गर्ने ।
    • लाग्ने शुल्कः रु.२०।–
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: निवेदन दिने
    • लाग्ने समय: पेश भएको बखत
    • जिम्मेवार व्यक्ति वा फाँट: कार्यालय प्रमुख, लेखाशाखा, प्रशासनक शाखा र दर्ता चलानी । स्था.वि.अ.
  • खानेपानी उपभोक्ता संस्था दर्ता गर्ने

    • प्रक्रिया: जिल्ला जलस्रोत समितिको निर्णय बमोजि म खानेपानी उपभोक्ता संस्था दर्ताको प््रमाणपत्र उपलब्ध गराउने
    • लाग्ने शुल्क: रु १००।–
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: देहायका कागजातहरु संलग्न गरि जिल्ला प्रशासन कार्यालयमा निबेदन दिने
      • १. उपभोक्ता समितिको विद्यान तीन प्रति ।
      • २. समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
      • ३. खा.पा. कार्यालयको सिफारिस ।
      • ४. गा.वि.स.को सिफासिर ।
      • ५. जिल्ला जलश्रोत समितिको नं.६६३०÷६७ खातामा रकम जम्मा गरेको वैंक भौचर ।
    • लाग्ने समय: ३० दिन
    • जिम्मेवार व्यक्ति वा फाँट: समामाजिक सुरक्षा शाखा । स्था.वि.अ.
  • तथ्याङ्क उपलब्ध गराउने

    • प्रक्रिया: माग भए वमोजिम उपलब्ध हुन सक्ने तथ्याङ्कहरुको फोटो कपि उपलब्ध गराउने ।
    • लाग्ने शुल्क: तोकिए बमोजिमको रकम
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: तथ्याङ्कको शीर्षक खोलि निवेदन दिने, रसिद काट्ने ।
    • लाग्ने समय: माग भएको बखत
    • जिम्मेवार व्यक्ति वा फाँट: कार्यालय प्रमुख, सूचना केन्द्र, स्था.वि.अ.
  • राहादानी फाराम विक्री

    • प्रक्रिया: रसिद काट्ने, फारम उपलब्ध गराउने
    • लाग्ने शुल्क: रु. १००।–
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने ।
    • लाग्ने समय: तुरुन्तै
    • जिम्मेवार व्यक्ति वा फाँट: दर्ता, लेखा
  • विविध कर निर्धारण र संकलन

    • प्रक्रिया:
      • – राजश्व परामर्श समितिबाट करको दर निर्धारणको सिफारिस ।
      • – जि.वि.स./जिल्ला परिषदको स्वीकृतीमा करको दर निर्धारण ।
      • – कर संकलनको लागि ठैक्का वा अमानतमा संकलन ।
      • – सम्झौता र कार्यआदेश उपलब्ध गराउने
    • लाग्ने शुल्क: तोकिए बमोजिम
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व:
      • – योग्यता पुगेको फर्म वा व्यक्तिले टेण्डर फाराम माग गर्ने ।
      • – समय भित्र सिलबन्दी दरभाउ पत्र दर्ता गर्ने ।
      • – स्वीकृत भएको फर्म वा व्यक्तिले वैंक ग्यारेन्टी सहित तोकिए बमोजिमको रकम जम्मा गर्ने ।
      • – सम्झौता गर्ने ।
      • – सम्झौता बमोजिम कर संकलन गर्ने ।
    • लाग्ने समय: जेष्ठ, असार
    • जिम्मेवार व्यक्ति वा फाँट: सभापति, स्था.वि.अ. लेखाशाखा, सभापति
  • जिल्ला स्तरीय बार्षिक कार्यक्रमको समिक्षा

    • प्रक्रिया:
      • – विषयगत कार्यालयहरु र गै.स.स.हरुको वैठक वोलाउने ।
      • – कार्यालय प्रमुखबाट प्रस्तुतीकरण ।
      • – कार्यक्रमको समिक्षा ।
      • – अवसरहरुको खोजी, समस्याको पहिचान र समाधानका उपाय वारे छलफल ।
      • – माइन्यूट ।
      • – प्रतिवेदन
    • लाग्ने शुल्क: शुल्क नलाग्ने ।
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व:
      • – बार्षिक कार्यक्रमको प्रगति पेश गर्ने ।
      • – कार्यक्रम संचालनमा आईपरेका समस्याहरुको जानकारी गराउने ।
      • – छलफलमा भाग लिने ।
    • लाग्नेसमय: श्रावण महिनाको दोश्रो हस्ता (२ दिन)
    • जिम्मेवार व्यक्ति वा फाँट: सभापति, स्था.वि.स., योजना र लेखा शाखा, सम्बन्धित कार्यालयका कार्यालय प्रमुख सभापति
  • डोजर उपलब्ध गराउने

    • प्रक्रिया: रसिद काट्ने, सम्झौता गर्ने, कार्यआदेश दिने ।
    • लाग्ने शुल्क: प्रति घण्टा रु. २७००।– (इन्धन बाहेक)
    • सरोकारवालाले पुरा गर्नुपर्ने दायित्व:
      • – उपभोक्ता समिति/संस्थाको निर्णय प्रतिलिपि सहित निवेदन दिने ।
      • – रकम जम्मा गर्ने ।
      • – सम्झौता गर्ने ।
    • लाग्ने समय: पहिला सम्झौता भएको कार्य सकिएको दिन
    • जिम्मेवार व्यक्ति वा फाँट: स्था.वि.अ./लेखा/योजना/जिन्सी

सेवाग्राही वर्गहरुमा विनम्र अनुरोध:

जारी गरिएको प्रक्रिया बमोजिमको प्रक्रिया पूरा गरि जिल्ला विकास समितको कार्यालय वाट सेवा प्राप्त गर्नुहुन र सो अनुसारको सेवा कार्यालयवाट नभएमा गुनासो सुन्ने अधिकारी कार्यक्रम अधिृत श्री हरिश्चन्द्र भूसाल समक्ष उजुरी गरि सू– शासनको प्रक्रियामा सहयोग गर्नुहुन अनुरोध छ । साथै जिल्ला विकास समितिको कार्यालय वाट गरिएका कार्यहरुमा चित्त नवुझेमा आप्नो सुझाव तथा उजुरी गोप्य रुपमा दिनको लागि उजुरी पेटिकाको समेत व्यवस्था छ ।


Skip to toolbar